२००५-१२-१०
साप्पोरो, जापान ।
झर्यो पात एक, इतिहास लेखी,
कोपिला त्यो फक्र्यो सपना समेटी ।
‘म फुल्नु छ ! फुल्छु !!’ कोपिलाले भन्छ,
‘त्यसैमा म भुल्छु !!’ भ्रमरा कहन्छ ॥१॥
मिले हात तिम्रा, म बढ्थें अगाडी,
पाए साथ तिम्रो सबै बिघ्न नाघी ।
तिमी मूर्च्छना हौ ! मेरो कल्पनाको,
तिमी नै किनारा मेरो जिन्दगीको ॥२॥
बढ्यो छाल एक समुन्द्रै समेटी,
छोएर किनारा दियो छाप भेटी ।
‘क्षितिजमा म झुक्छु !!’ आकास भन्छ,
‘त्यहीं तिम्लाई चुम्छु !!’ धर्ती कहन्छ ॥३॥
पोतवार एक्लो मेरो जिन्दगीको,
डुबी – तैरदैंछ, खोजी पूर्ण जुन ।
आई सम्हाल, मेरो हाल दिलको,
तिमी तारणी हौ, मेरो जिन्दगीको ॥४॥
अहो ! चन्द्र हेर अति छन् बिभोर,
सेताम्य बिस्कुन जुनको छरेर ।
ओढी चाँदनी त्यो निशा फक्रिएकी,
भिजी ओसमा लौ झनै निख्रिएकी ॥५॥
मेरो जिन्दगीको तिमी पूर्णिमा हौ,
घना बादलुमा कहाँ लुकेकी छौ ?
नओढ भो लाज, म हुन्छु बेहाल,
मेरो रित्तो जीवन आएर सम्हाल ॥६॥
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment